विराटनगर १९ असार । एसईईमा ४ जीपीए ल्याउने ७ जनाले विराटनगर–५ स्थित एभरेष्ट कलेजलाई रोज्ने भएका छन् । ति मध्ये चार जनाले बिहिबार भर्ना गरिसकेको एभरेष्ट कलेजले जनाएको छ । कलेजका अनुसार बिहीबार एभरेष्टबाट एसईई दिएका प्रेम खतिवडा र कृती गोयल यस्तै झापा गौरादह स्थित माउण्ट एभरेष्टका अर्पण राय र मोरङकै पथरी शनिश्चरे स्थित वाल्मीकि […]
विराटनगर १९ असार । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको उल्लेखनीय चाप देखिएको छ। कलेजले आज आयोजना गरेको प्रवेश परीक्षामा निर्धारित कोटाभन्दा धेरै विद्यार्थीहरूले सहभागिता जनाएका छन् । कक्षा ११ को तीन वटा संकायमा कूल १ हजार ५० जनाको कोटा निर्धारण गरिएको […]
विराटनगर १९ असार । समयमा नै सावधानी अपनाउन नसके यो वर्ष ६० हजारभन्दा बढी लाई डेंगु संक्रमण हुन सक्ने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । महाशाखाले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी समेत गरिसकेको बताएको छ । डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा […]
विराटनगर १८ असार । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसनले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार मिलेनियम च्यालेञ्ज एकाउण्ट– नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । ‘अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिनेसम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको […]
विराटनगर १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिनु भएको छ । उहाँले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्नुभएको हो । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उहाँ निकट स्रोतले भन्यो । भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा […]