विराटनगरको सडक सौन्दर्यकरणका लागि हिमालयन बैंकको सहयोग

विराटनगर १३ कात्तिक । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि हिमालयन बैंक लिमिटेड प्रदेश कार्यालय कोशीले रकम प्रदान गरेको छ । बैंकले मंगलबार महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई २ लाख रुपैयाँ बराबरको […]

संसारी माईस्थान संरक्षण समितिको सप्ताह ज्ञान महायज्ञमा राधिका दासीले कथा वाचन गर्ने

विराटनगर १३ कात्तिक । विराटनगर–१० स्थित संसारी माईस्थान संरक्षण समितिले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको छ । आगामी कात्तिक २३ गते २९ गतेसम्म महायज्ञ लगाउने संरक्षण समितिले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । महायज्ञको प्रमुख कथावाचकमा राधिका दासी रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । संसारी माईस्थान संरक्षण समितिका अध्यक्ष कृष्णकुमार मास्केले […]

एमालेलाई दानको जग्गामा भवन निर्माण नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

विराटनगर १२ कात्तिक । सर्वाेच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन आदेश दिएको  छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ । अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालय भवन निर्माण यथास्थितिमा राख्ने […]

यु १९ राष्ट्रिय क्रिकेटमा बागमती र लुम्बिनी विजयी

विराटनगर १२ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेशले विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय रनले पराजित गर्दै विजयी भयो । गण्डकीले टस जितेर पहिलो ब्याटिङको मौका बागमतीलाई दिएको थियो । बागमतीले […]

यू–१९ राष्ट्रिय पुरुष क्रिकेट : गण्डकी र मधेस विजयी

विराटनगर ११कात्तिक । विराटनगरमा जारी यू–१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी र मधेस प्रदेश विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत आज मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेटले परापिजत गरेको हो । टस जितेर ब्याटिङ रोजेको मधेसले ३५ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन बनाएको थियो । मधेसका लागि जितेश […]