रुग्ण उद्योग पुनः सञ्चालनको ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

विराटनगर २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालनमा ल्याउनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा […]

मानव बेचबिखन तथा नियन्त्रणमा दलाल र अभिभावकबाट चुनौती

विराटनगर २९ माघ । विराटनगर रानी नाका हुँदै भारत जान खोज्ने २०२ जना महिला तथा बालिकालाई माईती नेपाल विराटनगरले रोकेको छ । मानव बेचविखनको जोखिममा परेका उनीहरुलाई सीमाक्षेत्रबाट रोकिएको माइती नेपालले जनाएको छ । गत वर्षको मार्च देखि फेब्रुअरी १० सम्मको अवधिमा २०२ जनालाई सीमाक्षेत्रबाट रोकिएको माईती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । […]

तीन दिने चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न

विराटनगर २८ माघ। नेपाल स्काउट, कोशी प्रदेश समितिको आयोजनामा माघ २५ गतेदेखि सुरु भएको तीन दिने चौथो प्रादेशिक ज्याम्बोरेट सम्पन्न भएको छ । आज स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतमा भएको समापन कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन […]

१२ औं स्थापना दिवसको अवसरमा रेमिट साकोसद्धारा खुल्ला रक्तदान

विराटनगर २८ माघ । मोरङको ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले सोमबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए भने ४३ प्रिन्ट रगत संकलन भएको थियो […]

युएसएआइडीको सहयोग अन्तर्गत स्वास्थ्य क्षेत्रको ७२ करोड ४४ लाख रुपैयाँ रोकियो

विराटनगर २८ माघ । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)को सहयोग अन्तर्गत स्वास्थ्य क्षेत्रमा सरकारी संयन्त्रमा आएको ७२ करोड ४४ लाख रुपैयाँ रोकिएको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीका कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका ५२ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेशको १५ करोड र स्थानीय तहको ५ करोड रकम […]