काेशी प्रदेश पर्यटन वर्ष २०८२ शुरू, १० लाख पर्यटक भित्र्याउने लक्ष्य

विराटनगर २७ चैत । काेशी प्रदेश पर्यटन वर्ष २०८२ काे शुभारम्भ गरिएकाे छ ।

कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको  शुभारम्भ गरिएको हाे ।

तेह्रथुम लालिगुराँस नगरपालिका स्थित आर आर गार्डेनमा आयोजित काेशी प्रदेश पर्यटन वर्षको शुभारम्भ उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभयाे ।

मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको बताउनुभयो ।

प्रदेश सरकारले पर्यटन वर्षको अवधिमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकाे छ ।