इन्जिनियरिङमा विश्वविद्यालय टप गर्ने र एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका अरनिको कलेज विराटनगरका विद्यार्थीहरु सम्मानित

विराटनगर ६ मंसिर । अरनिको कलेज विराटनगरले इन्जिनियरिङमा विश्वविद्यालय टप सहित एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । इन्जिनियरिङमा विश्वविद्यालय टप गर्ने २, एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका ११ र आन्तरिक परीक्षामा सर्बोेत्कृष्ट अंक ल्याउने ७ सहित २० जना विद्यार्थीलाई आज नगद सहित सम्मानित गरेको हो । इन्जिनियरिङको प्रवेश परिक्षामा पूर्वाञ्चल विश्वविद्यालय टप गर्ने […]

एमबीबीएसमा पूर्णछात्रबृत्ति पाएका कान्तिपुर कलेजका महतो एक लाख सहित सम्मानित

विराटनगर ५ मंसिर । कान्तिपुर कलेज विराटनगरले एबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका राजनारायण महतोलाई नगद १ लाख एक हजार रुपैयाँ सहित सम्मानित गरेको छ । एमबीबीएसमा पूर्णछात्रबृत्तिमा ३९ औं नम्वर र बीडीएसमा दोश्रो स्थानमा नाम निकालेका महतोले कक्षा १२ को परीक्षामा ३.९६ जिपीए सहित नेपाल टप भएका थिए । कक्षा १२ मा ३.९६ जिपीए भन्दा बढी […]

बालबालिकाका लागि पर्याप्त लगानी पुगेन : मन्त्री राई

विराटनगर ४ मंसिर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बालबालिकाका लागि पर्याप्त लगानी पुग्न नसकेको स्वीकार गर्नु भएको छ । बालबालिकाको क्षेत्रका लागि जति लगानी आवस्यक छ, त्यो हुन नसकेको उहाँको भनाई छ । सिविन नेपाल विराटनगरको व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा ३६ औं अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज विराटनगरमा आयोजित […]

अर्किड कलेजको बक्तृत्वकलामा अनुष दाहाल प्रथम

विराटनगर ३ मंसिर । विराटनगरको अर्किड कलेजले अन्तराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा पारेर युवा पुस्तामा सामाजिक संजालको प्रभाव शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा अनुष दाहाल प्रथम भए भने सत्येन्द्र यादव दोस्रो र शिवकुमारसाह तेस्रो भए । निर्णायकमा प्राध्यापकहरु सन्तोष अधिकारी, विकास खड्का र बिद्या अधिकारी रहेका थिए । प्रतियोगितामा कक्षा ११ र १२ […]

एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका ग्रीनल्याण्ड कलेजका विद्यार्थी भन्छन्– सफलतामा पुग्न हिम्मत हार्नु भएन

विराटनगर– विराटनगरको ग्रीनल्याण्ड कलेज अध्ययन गरेकी स्मृति खाँले गत वर्ष एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सकिनन् । उनको पहिलो प्रयास असफल भयो । तर, उनलाई त्यतिकैमा रोकिन मन लागेन । फेरि प्रयास गर्ने अठोट लिईन् । गत वर्षको असफलतालाई यस वर्ष सफलतामा पुर्याईन् । दोश्रो प्रयासमा उनले छात्रा तर्फ ५१ औं नम्वरमा नाम […]