प्याब्सन रत्नद्वारा पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी सम्मानित

विराटनगर २९ साउन । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक समारोहका बिच सम्मान गरेको हो । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत सम्मान गरिएको हो । उहाँलाई शिक्षा, विज्ञान […]

प्याब्सन र एनप्याब्सनद्वारा महानगर प्रमुख कोइरालालाई ज्ञापनपत्र हस्तान्तरण

विराटनगर २९ साउन । नेपालको शिक्षा क्षेत्रको समग्र विकासमा चार दशकभन्दा बढी योगदान पुर्याउँदै आएको निजी क्षेत्रले हाल प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ प्रति गम्भीर आपत्ति जनाएको छ । प्याब्सन र एनप्याब्सनको संयुक्त निर्णयअनुसार, बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई एक ज्ञापनपत्र बुझाउँदै शिक्षा विधेयकमा प्रस्तावित केही कानुनी […]

विराटनगरको एभरेष्ट स्कुलका इशल अन्तर्राष्ट्रिय स्तरको बक्तृत्वकलाका लागि छनौट

विराटनगर २६ साउन । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनौट भएका छन् । थाइल्याण्डमा अगस्ट २७–३१ (भदौं ११–१५) सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनौट भएका हुन । सो प्रतियोगितामा इशल सँगै नेपालका चार जना विद्यार्थी छनौट भएका छन् । प्रथम चरणको छनौटमा एभरेष्टका इशल, काब्या २ […]

नमूना संयुक्त राष्ट्रसंघ युवा नेतृत्वको लागि प्लेटफर्म : एभरेष्ट स्कुल

विराटनगर २४ साउन । विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास गरिएको छ । साउन २१ देखि २३ गते सम्म आयोजित कार्यक्रम युवा नेतृत्वको लागि प्लेटफर्म भएको एभरेष्ट स्कुलले जनाएको छ । तीन दिने कार्यक्रम सम्पन्न पछि एभरेष्ट स्कुलले आफ्नो फेसबुक पेज मार्फत तीन दिनको समृद्ध कूटनीति, बहस र संवाद भएको जनाएको छ । […]

काठमाडौं विश्वविद्यालय र एभरेष्ट स्कुलबीच समझदारी पत्रमा हस्ताक्षर

विराटनगर २२ साउन । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू)बीच आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई ‘क्रेडिट आवर’को हिसाबले तालिम प्रदान गर्ने छ । उक्त तालिम पश्चात शिक्षकहरुले सोहि […]