मोर्डन एरामा अभिमुखीकरण

विराटनगर १६ भदौ । कलेजको अनुशासन र क्रियाकलापको बारेमा जानकारी गराउन सोमबार विराटनगर –३ स्थित मोर्डन एरा कलेजले विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कलेजको १३ औं संस्करणको स्वागत तथा अभिमुखीकरणमा प्लस टुतर्फ भर्ना भएका २ सय बढी विद्यार्थीको सहभागिता थियो । ‘संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता’ भन्ने सुत्रलाई आत्मसात गर्दै […]

प्राध्यापक संघ मोरङ मोरङ क्याम्पसमा नवीन अधिकारी

विराटनगर १६ भदौ । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

सरस्वती मावि एसएलसी ब्याच ०५३ द्धारा विराटेश्वर वृद्धाश्रमका लागि आवस्यक सामग्री हस्तान्तरण

विराटनगर, १४ भदौ । विराटनगरमा विभिन्न समाजिक कार्य गर्दै आएको एसएलसी ब्याच ०५३ समूहले विराटेश्वर वृद्धाश्रम सेवा समितिमा आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । सरस्वती माविबाट ०५३ सालमा एसएलसी दिएका युवाहरुको समूहले शनिबार एक कार्यक्रम आयोजना गर्दै विराटनगर ८ स्थित आश्रमका बृद्धवृद्धालाई खाना खुवाउनुका साथै आवश्यक सामाग्री वितरण गरेको हो । समूहका संयोजक सुमन अधिकारीका […]

महेन्द्र मोरङ प्राध्यापक संघमा ११ जना निर्वाचित

विराटनगर, १४ भदौ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइको ११ जना सदस्यका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक प्रध्यापक संघका नविन अधिकारी, डा उपेन्द्र मेहता, डा. राजेन्द्र प्रसाद चौधरी, जय नाथ यादब,सीताराम चौलागाई र युवराज साहु निर्वाचित भएका छन् । त्यसैगरी नेकपा एमाले […]

इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षामा एभरेष्टका नौ विद्यार्थीले पाए छात्रवृत्ति

विराटनगर १३ भदौ । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् । एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओइको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम निकाल्न सफल भएको एभरेष्टका भाइस प्रिन्सिपल टी एन भण्डारीले बताउनुभयो […]