विराटनगर १२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल आज सङ्खुवासभा आउँदै हुनुहुन्छ । संखुवासभाको मादी माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव समारोहको उद्घाटन गर्न राष्ट्रपति पौडेल आउन लाग्नु भएको हो । मादी माध्यमिक विद्यालय सङ्खुवासभाकोमात्र नभई कोशी प्रदेशकै शैक्षिक इतिहास बोकेको गौरवशाली संस्था मानिन्छ । स्थापनाकालदेखि नै शिक्षाको विस्तार र सामाजिक चेतनाको संवाहक रहँदै […]
विराटनगर ११ भदौ । नीजि विद्यालय सञ्चालकहरुले अहिलेकै अवस्थामा संघीय शिक्षा विधेयक पारित भए मान्य नहुने चेतावनी दिएका छन् । शिक्षा ऐन संशोधनको माग राखेर आन्दोलित भएका नीजि विद्यालय सञ्चालकहरु गोलबद्ध हुँदै निरन्तर खबरदारी गरिरहेका छन् । आज देशभरमा जिल्ला व्यापी अन्तरक्रिया गर्दै खबरदारी गरिरहेका नीजि विद्यालय सञ्चालकहरुले अहिले ल्याउन लागिएको ऐनले नेपालको शिक्षालाई ध्वस्त […]
विराटनगर, १० भदौ । आगामी भदौ १३ गते शुक्रबार हुने त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइको निर्वाचनका लागि मङ्गलबार १४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । सङ्घको क्याम्पस इकाइको ११ जनाको कार्य समितिका लागि १४ जनाले उम्मेद्वारी दर्ता गराएको सङ्घको क्याम्पस इकाइ निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेस निकट नेपाल […]
विराटनगर, ३१ साउन । मोरङको कटहरी गाँउपालिका वडा नं. ५ मा रहेको भगवती आधारभूत विद्यालयमा नयाँ भवन निर्माण गरिएपछि आज उद्घाटन गरिएको छ । शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेकोले बालबालिकाहरुलाई आधारभूत शिक्षा प्रदान गर्न शिक्षक र कर्मचारीहरुले पनि काम गर्न आग्रह […]
विराटनगर ३० साउन । सुनसरी धरानको महेन्द्र बहुमुखी क्याम्पसका नाममा उच्च अदालत विराटनगरले उत्प्रेशणयुक्त परमादेश जारी गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस धरानमा एलएल.बी. मा अध्ययनरत इश्वर कट्टेलले दायर गरेको मुद्दामा न्यायाधिशद्वय श्रीधराकुमारी पुडासैनी र कृपासुर कार्कीको इजलाशले बुधवार क्याम्पसका नाममा उत्प्रेशणयुक्त परमादेश जारी गरेको हो । रिट निवेदक कट्टेलले कानून बमोजिमको प्रकृया पुरा गरी […]