विराटनगर १ फागुन । विराटनगरको मोर्डनएरा स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । रजतजयन्तीका अवसरमा स्कुलले दुई दिने कार्यक्रमको आयोजना गरेको छ । रजतजयन्ती समारोहको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शुक्रबार शुभारम्भ गर्नुभयो ।
प्रमुख कोइरालाले विद्यार्थीमा अध्ययनसँगै सीप पनि आवस्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सीप विनाको सर्टिफिकेटको काम छैन ।’ विद्यार्थीले अध्ययनसँगै आफुलाई रुची लागेको क्षेत्रमा काम गर्न उहाँको आग्रह छ । रुची भएको क्षेत्रमा काम गर्दा पढाईमा पछि गरेका विद्यार्थी अन्य क्षेत्रमा पहिलो हुने उहाँले बताउनुभयो ।
मोर्डनएरा स्कुल नृत्य , गायन, पठन पाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि अग्रणी भएको आफुले पाएको उहाँले बताउनुभयो । विराटनगरको उत्तरी क्षेत्रमा स्कुलले इतिहास रचेकोमा शुभकामना दिनुभयो । पठनपाठन पछि अतिरिक्त क्रियाकलापमा जोड दिन स्कुललाई प्रमुख कोइरालाले आग्रह गर्नुभयो ।
स्कुलका प्रिन्सीपल इन्द्र राईले निरन्तर परिश्रम, विश्वास र शैक्षिक उपलब्धिले नै विद्यालयलाई सफलताको शिखरमा पुर्याएको उहाँले बताउनुभयो । मोर्डनएरा उत्तरी क्षेत्रको अग्रणी स्कुल भएको उहाँले बताउनुभयो । प्रिन्सीपल राईले भन्नुभयो,‘ उत्तरी क्षेत्रको लिडिङ स्कुल बनेको छ ।’

कक्षा पिजी देखि स्नातक सम्म मोर्डनएरामा पठनपाठन हुँदै आएको उहाँले बताउनुभयो । विद्यालय तहमा ९५० र कलेज तर्फ ३५० विद्यार्थी अध्यनरत रहेको उहाँले जानकारी दिनुभयो । अभिभावकको रोजाईमा स्कुल परेको बताउँदै उहाँले भन्नुभयो,‘ शिक्षासँगै अतिरिक्त क्रियाकलापमा अगाडि छौं । अहिलेसम्म स्कुल कुनैपनि प्रतियोगितामा रित्तो हात फर्कनु परेको छैन । विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि मोर्डन एरा लिटिल च्याम्स रियालिटि शो सञ्चालन गरेका छौं ।’
रजतजयन्तीका अवसरमा स्कुलले स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयहरुमा उत्कृष्ट अंक ल्याउने ७ जना विद्यार्थीलाई सम्मान गरेको स्कुलका अध्यक्ष जीवन निरौलाले बताउनुभयो । उहाँले कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, कविता वाचन लगायतका विभिन्न विधामा प्रस्तुतीहरु देखाएका छन् । उहाँका अनुशार रजतजयन्ती कार्यक्रम शनिबार सम्पन्न हुने छ ।