विराटनगर १ फागुन । शिक्षादीप कलेज विराटनगरले कला, खेलकुद तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने १२५ विद्यार्थीलाई सम्मानित गरेको छ ।
ललितकला संगमले आयोजना गरेको जिल्ला स्तरिय प्रतियोगितामा प्रथम, दोश्रो र सान्तवना हुने विद्यार्थी, जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा ‘फस्ट रनरअप’ भएका क्रिकेट खेलाडीहरु, बाँस्केटवल खेलाडीहरु र कलेजले सञ्चालन गरेको प्रि–इञ्जिनियरिङ र प्रि–मेडिकलको आन्तरिक परीक्षा तथा कक्षा ११ र १२ को दोश्रो त्रैमासिक परीक्षामा ८० प्रतिशत भन्दा बढी अंक ल्याउने विद्यार्थीहरुलाई आज कलेजले एक कार्यक्रमको आयोजना गरि अवार्ड वितरण गरेको हो ।
ललित कला प्रतियोगितामा जिल्ला प्रथम सनम झा, दोश्रो अपेक्षा राई र सान्तवना हुने खुशी सोनी सम्मानित भएका छन् । क्रिकेट र बाँस्केट वलका खेलाडीहरुको टिमलाई कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले सम्मानित गर्नु भएको थियो ।

कलेजले सञ्चालन गरेको परीक्षामा सर्वाधिक अंक ल्याउने कक्षा १२ की सिरिन भट्टराई (९५.४४ प्रतिशत), सकिल अहमद हक ( ९५.११), समिर डोटेल (९२.७१ प्रतिशत), सौगात सुवेदी (९१.८८ प्रतिशत, सामा अजुम (९०.६७ प्रतिशत) अंक ल्याएका छन् । उनीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
कक्षा ११ को परीक्षामा सर्वाधिक अंक ल्याउने सुबोध साह (९२ प्रतिशत), एलिशा सापकोटा (९१ दशमलव २९) युवसन वस्नेत ( ९० दशमलव ४२ प्रतिशत) र प्रिति देव ( ९० प्रतिशत) लगायतलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा प्रिन्सीपल ज्ञानबहादुर खड्काले विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि शिक्षादीपले नियमित रुपमा सम्मान कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेमात्रै उनीहरुलाई प्रोत्साहन हुने र अन्य विद्यार्थीहरुलाई पनि उत्प्रेरणा हुने बताउनुभयो ।
कलेजले हरेक साता मेडिकल र इञ्जिनियरिङको परीक्षा सञ्चालन गर्दै आएको निर्देशक रामचन्द्र अधिकारीले बताउनुभयो । उहाँले ११ सय विद्यार्थीहरुवीच भएको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु सम्मानित भएको बताउनुभयो ।
विद्यार्थीहरुलाई प्रिन्सीपल खड्का, मुख्य निर्देशक रमेशकुमार मण्डर, निर्देशकहरु डा. ललितनारायण मण्डर, राजेन्द्रप्रसाद यादव, रामचन्द्र अधिकारी, भूपेन्द्र दाहाल, विज्ञान संकायका संयोजक नविनकुमार राय लगायतले सम्मानित गर्नु भएको थियो ।