विराटनगर, १२ भदौ । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट […]
विराटनगर, १२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दलीय गठबन्धन अन्र्तगत नेपाली कांग्रेसले आउँदो निर्वाचनमा कम्तीमा एक सय सिट लिएर प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकामा शनिबार आयोजित एकदिवसीय तालिम तथा प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले निर्वाचनमा कम्तीमा एक सय सिट लिएर गठबन्धनसंगै निर्वाचनमा जान सकिने बताउनु भएको हो । […]
विराटनगर, ९ भदौ । पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको मेयर नागेश कोइरालाले बताए […]
विराटनगर, ७ भदौ । राजनीतिमा महिलाको सहभागिता बढाउन बाध्यकारी कानुन नै आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । राष्ट्रिय महिला आयोगको आयोजनामा मंगलबार विराटनगरमा भएको महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन महिलाको राजनीतिक सहभागिता र सशक्तिकरणको लागि राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिसँग प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाध्यकारी कानुन नबनाएसम्म महिलाको सहभागिता […]
विराटनगर, ७ भदौ । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज क्रिकेट लिगमा विराटनगर सुपर किङ्सले पनि भाग लिने भएको छ । आगामी सेप्टेम्बर २४ तारिखदेखि अक्टोबर २२ तारिखसम्म काठमाण्डौंमा हुने फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै विराटनगर सुपर किङ्सले सहभागि जनाउने भएको हो । प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो । […]