भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

विराटनगर ४ जेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रिजाललाई नियन्त्रणमा लिएको हो । ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारीको डायरीमा रिजाललाई ७ लाख दिएको फेला परेपछि प्रहरी उनलाई नियन्त्रणमा लिएको हो ।

यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।