विराटनगर २९ कात्तिक । नेपाली हक्की खेलका मुख्य प्रशिक्षक रञ्जन थापा अनिवार्य अवकाश पाएकाछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आज एक कार्यक्रमको आयोजना गर्दै मुख्य प्रशिक्षक थापाको विदाई गरेको हो । विदाइका क्रममा उनले नयाँ युवापुस्ताका खेलाडीको पहिचान र विकाससंगै खेल क्षेत्रमा निरन्तरता दिने बताए ।
मुख्य प्रशिक्षकबाट विश्राम लिएको बताएका थापाले खेल क्षेत्रको सक्रियतामा भने कुनै कमी नआउने बताएका थिए । समग्र नेपाली खेलकुद र हक्कीका लागि आगामीदिनमा समेत बलियो उपस्थिती जनाउँने खेलको विकासमा खटिने थापाले प्रस्टाए ।
मोरंगको हसन्दहमा जन्मिएका थापा हक्कीका पूर्व अन्तराष्र्टि्रय खेलाडी समेत हुन् । २०५२ सालमा पहिलोपटक थापाले नेपालको लागि सातौ साफमा अन्तराष्र्टि्रय डेब्यु गरेका थिए ।
सोही वर्ष थापा करारतर्फबाट सहायक हक्कि प्रशिक्षकका रुपमा राष्ट्रिय खेलकुद परिषद्मा जोडिएका थिए ।
२०६१ सालमा स्थायी भएका थापाले हक्कीको मुख्य जिम्मेवारी पाउनु भएको थियो । उनको प्रशिक्षणमा पाकिस्तानमा आयोजित अन्तरराष्ट्रिय हक्की प्रतियोगितामा नेपाली टोलीले तेस्रो स्थान हासिल गरेको थियो ।
त्यसैगरि, थाइल्याण्डमा आयोजित एशियन इन्डोर महिला पुरुष हक्की प्रतियोगितामा मुख्यप्रशिक्षकको जिम्मेवारीमा रहेका थिए । उनको विदाईका क्रममा परिषद्का सदस्यसचिव टंकलाल घिसिंग, कर्मचारी संघका अध्यक्ष सरस्वती केसी भन्डारी, बोर्ड सदस्य भानुबहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।
थापा २०६९ सालबाट दुइ कार्यकाल नेपाल कर्मचारी सघको अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।