सामाजिक कार्यमा लायन्स क्लवको योगदान महत्वपूर्ण : प्रदेश प्रमुख खापुङ्ग

विराटनगर १५ मंसिर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले लायन्स क्लवले सामाजिक कार्यमा मुलुकमा ठूलो योगदान गरेको बताउनु भएको छ । लायन्स क्लव विराटनगर युनाइटेडको १३ औं पदस्थापना एवं सम्मान कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै क्लव सेवा भावनाले प्रेरित रहेको छ र यसले जाजरकोट र रुकुम क्षेत्रमा भुकम्प पीडितहरुलाई पुर्याएको सहयोगको प्रशंसा गर्नु भयो […]

विराटनगर महानगरद्वारा कानुन व्यवसायी कार्की र दाहाल सम्मानित

विराटनगर १५ मंसिर । विराटनगर महानगरपालिकाले दुईजना वरिष्ठ कानुन व्यवसायीलाई सम्मान गरेको छ । महानगरपालिकालाई आवश्यक कानुनी परामर्श तथा सहयोग उपलब्ध गराएबापत महानगरपालिकाले वरिष्ठ कानुन व्यवसायी डिल्लीबहादुर कार्की र नवराजप्रसाद दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । वरिष्ठ कानुन व्यवसायी […]

नसर्ने रोगसम्बन्धी महानगरमा अभिमुखीकरण

विराटनगर १५ मंसिर । विश्वमा हरेक वर्ष हुने मृत्यु मध्ये झण्डै ९० प्रतिशत नसर्ने रोगका कारण हुने गरेको विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन, नेपाल र सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा विराटनगर महानगरपालिकाले शुक्रबार आयोजना गरेको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ अभिमुखीकरण कार्यक्रममा बोल्ने विज्ञहरुले मृत्यु हुनेमध्ये नसर्ने रोगका […]

लैंगिक हिंसा अन्त्यका निम्ति सरोकावालाको भूमिका विषयक अन्तरक्रिया

विराटनगर १४ मंसिर । लैंगिक हिंसा अन्त्यका निम्ति सरोकावालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र युएनएफपीएसँगको सहकार्यमा मानव अधिकार सञ्जाल विराटनगरले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले महिला हिंसा अन्त्यका लागि सामुहिक सहकार्य आवस्यक रहेको बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङ उपप्रमुख उषा झा, प्रमुख […]

जलवायु अनुकुलित कृषि तालिम

विराटनगर १४ मंसिर । कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परी चुनौती खेपिरहनु परेको वर्तमान सन्दर्भमा जलवायु अनुकुलित कृषिका लागि भू–समय खण्ड (जियोस्पासियल) प्रविधिहरुको एकीकृत प्रयोगका विषयमा चार दिवसीय तालिम विराटनगरमा सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दैपरम्परागत कृषि प्रणालीमा परिमार्जन गरी कृषि कार्यलाई सजिलो पार्न आधुनिक डिजिटल प्रविधिहरुको प्रयोग आवश्यक भएको महसुस गरी तालिमको आयोेजना […]