विराटनगर १२ असार । माईती नेपाल विराटनगरले आज वालिका तथा किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कानुन विषयक एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा वालिका तथा किशोरीहरुलाई माइती नेपालको वारेमा जानकारी गराउदै, मानव वेचविखन ,वालविवाह तथा त्यसका कानूनी प्रावधानहरुको वारेमा जानकारी गराईएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।
सिमा नजिक वसोवास गर्ने किशोरीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरीएको उहाँले बताउनुभयो । कुनै पनि किसीमको समस्या भएमा, अप्ठयारो आईलागेमा, जानकारी तथा परामर्शको आवश्यकता भएमा माइती नेपाल समन्वय गर्न तयार रहेको कार्यक्रमका सहभागिलाई संयोजक पोखरेलले जानकारी दिनु भएको थियो ।
कार्यक्रममा विराटनगर १३ स्थित पूर्वाञ्चल वाल आश्रम र सोहि वडाको वरिपरि रहेका वालिका तथा किशोरीहरु गरि २५ जनाको सहभागिता रहेको माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले बताउनुभयो ।