विराटनगर १३ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधान अनुसार वित्त आयोगले गरेको सिफारिश कार्यान्वयन गरिए बेरुजु घटाउन सजिलो हुने बताउनु भएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले वित्त आयोगले साधन स्रोत र राजस्व बाँडफाँडमा सहयोग गरेको र यसबाट संघियता कार्यान्वयनमा सहयोग भईरहेको धारणा व्यक्त गर्नुभयोे ।
कार्यक्रममा संविधानको धारा २०४ को उपदफा ३ बमोजिम राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तिय आयोगका सदस्य विपिनराज निरौलाले आयोगको प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङलाई हस्तान्तरण गरे । आर्थिक वर्ष०७९ ÷८० को प्रतिवेदन हस्तान्तरण गर्दै सदस्य निरौलाले वित्तिय आयोगको काम कारवाही र सिफारिश बारे जानकारी दिनुभयो ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालय कर्मचारीहरु, आयोगका प्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।