प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै पोखरेल पक्षको आपत्ति

विराटनगर १८ मंसिर । एमालेको ईश्वर पोखरेल पक्षले धनकुटा, दाङ, ओखलढुंगालगायत जिल्लामा प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै आपत्ति जनाएको छ । पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुमा भेटेर आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि चयनमा विधि बाहिर आफूखुसी निर्णय गर्ने, चुनाव भएको क्षेत्रमा परिणाम रद्द गर्ने […]

कोशी प्रदेशका ६५ जना अपाङ्गता भएका व्यक्तिहरुद्धारा प्रतिभा प्रस्तुत

विराटनगर १७ मंसिर । कोशी प्रदेशका ६५ जना अपाङ्गता भएका व्यक्तिहरुले अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका छन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान, इटहरीको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज विराटनगरमा आयोजित प्रतिभा पहिचान कार्यक्रममा विभिन्न ९ विधामा ६५ जना […]

राष्ट्रिय मानवअधिकार आयोग कोशीले ‘मानवअधिकार दौड’ प्रतियोगिता गर्ने

विराटनगर १७ मंसिर । ७७ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशले ‘मानवअधिकार दौड’ प्रतियोगिता गर्ने भएको छ । आगामी मंसिर २४ अर्थात डिसेम्वर १० का दिन विहान विराटनगर राजवंशी चौक देखि महेन्द्र चौक सम्म ५ किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने आज आयोगले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । दौडमा […]

एमाले कोशी प्रदेश कमिटीले चयन गर्यो महाधिवेशन प्रतिनिधि

विराटनगर १६ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि कोशी प्रदेश कमिटीले सर्वसम्मत ५ जना प्रतिनिधि चयन गरेको छ । प्रदेश कमिटीले अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जुङ, सचिव राजकुमार भण्डारी, उपसचिव जलबर्षा राजवंशी र प्रदेश कमिटी सदस्य तथा कोशी प्रदेश सरकार राज्यमन्त्री सिर्जना राईलाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरेको हो । मंसिर […]

विराटनगरमा मंसिर १९ देखि १५ औं प्याब्सन स्पोर्ट्स मिट हुने

विराटनगर १६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आगामी मंसिर १९ गतेदेखि १५ औं प्याब्सन स्पोर्टस् मिट शुरु हुने भएको छ । मंसिर २१ गते सम्म तीन दिन सञ्चालन हुने जिल्ला स्तरिय स्पोर्टस् मिटमा २३५ विद्यालयका ३ हजार भन्दा बढी खेलाडीहरु सहभागी हुने छन् । प्याब्सन मोरङले आज विराटनगरमा पत्रकार […]