विराटनगरको ग्रीनल्याण्ड कलेजलाई उत्कृष्ट शैक्षिक सम्मान

विराटनगर २१ असार । विराटनगरको ग्रीनल्याण्ड कलेजलाई उत्कृष्ट शैक्षिक संस्थाबाट सम्मानित गरिएको छ । काठमाण्डौं उपत्यका बाहिरबाट सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा चन्द्रलोक प्रतिष्ठान नेपालले आज काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा ग्रीनल्याण्ड कलेजलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२ प्रदान गरिएको हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कलेजका प्रिन्सीपल दिनेश दाहाललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान […]

नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरद्धारा सांसद वाग्लेसँग छलफल

विराटनगर, २० असार । नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) विराटनगर च्याप्टरले अर्थविद् एवम् प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसँग लर्निङ सेसन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा बोल्दै उपसभापति डा. वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन जोखिम मोलेर उत्पादन र उच्च उत्पादकत्व गर्छु भन्ने अठोटका साथ काम […]

४.० जीपीए ल्याउनेको रोजाई बन्यो विराटनगरको एभरेष्ट

विराटनगर १९ असार । एसईईमा ४ जीपीए ल्याउने ७ जनाले विराटनगर–५ स्थित एभरेष्ट कलेजलाई रोज्ने भएका छन् । ति मध्ये चार जनाले बिहिबार भर्ना गरिसकेको एभरेष्ट कलेजले जनाएको छ । कलेजका अनुसार बिहीबार एभरेष्टबाट एसईई दिएका प्रेम खतिवडा र कृती गोयल यस्तै झापा गौरादह स्थित माउण्ट एभरेष्टका अर्पण राय र मोरङकै पथरी शनिश्चरे स्थित वाल्मीकि […]

कान्तिपुर कलेजमा दिए १४३२ जना विद्यार्थीले प्रवेश परीक्षा

विराटनगर १९ असार । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको उल्लेखनीय चाप देखिएको छ। कलेजले आज आयोजना गरेको प्रवेश परीक्षामा निर्धारित कोटाभन्दा धेरै विद्यार्थीहरूले सहभागिता जनाएका छन् । कक्षा ११ को तीन वटा संकायमा कूल १ हजार ५० जनाको कोटा निर्धारण गरिएको […]

पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा फिर्ता

विराटनगर १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिनु भएको छ । उहाँले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्नुभएको हो । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उहाँ निकट स्रोतले भन्यो । भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा […]