कोशी प्रदेश सम्भावना नै सम्भावनाको खानी

चीना थापा विराटनगर- कोशी प्रदेशमा ८ हजार मिटर भन्दा अग्ला कञ्चनजङ्घा, मकालु, कुम्भकर्ण मात्रै होइन संसारकै सबै भन्दा अग्लो हिमाल सगरमाथा पनि छ । यो बाहेक प्राकृतिक छटाले भरिपूर्ण थुप्रै स्थानहरू पनि यहाँ छन् । धार्मिक पर्यटनको कुरा गर्ने हो भने पाथीभरा, हलेसी, वराहक्षेत्र, पिण्डेश्वरी, दन्तकाली, सिद्ध काली, मनकामना जस्ता मठ मन्दिर पनि यही प्रदेशमा […]

वक्तृत्वकलामा आयुषा सुवेदी प्रथम

इटहरा २९ भदाै । रतुवामाई जेसीजले आयोजना गरेको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आयुषा सुवेदी प्रथम भएकी छन् । शुक्रबार माेरङ रतुवामाई नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको प्रतियोगितामा सुवेदी प्रथम भएकी हुन् । उनी अन्नपूर्ण इङ्गलिस स्कुलको तर्फबाट प्रतियोगितामा सहभागी भएकी थिइन् । प्रथम बनेकी सुवेदीले नगद २५ हजार रुपैयाँसहित […]

कोशी प्रदेशसभाका विषयगत समितिका सभापतिहरुद्धारा शपथग्रहण

विराटनगर, २८ भदौ । कोशी प्रदेश सभाका विषयगत समितिका सभापतिहरुले शुक्रबार सामूहिक रुपमा पद तथा गोपनियताको शपथ लिनुभएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १३४ बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । पद तथा गोपनियतको शपथ लिनेहरुमा न्याय प्रशासन तथा विधायन समितिमा कमला […]

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री थपिए

विराटनगर, २८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गत वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषदमा नेपाली कांग्रेसका तीन मन्त्री एक राज्यमन्त्री थप गरी शुक्रबार विस्तार गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री कार्कीको भदौ २८ गतेको सिफारिशमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम नव नियुक्त मन्त्रीहरुलाई […]

विकास निर्माणमा विराटनगरले अपेक्षित काम गर्न सकेन : एमाले मोरङ

विराटनगर २७ भदौ । नेकपा एमाले मोरङले विराटनगर महानगरपालिकालाई आफ्नो ध्यान विकास निर्माणमा केन्द्रीत गर्न ध्यानाकर्षण गराएको छ । निर्वाचित भएको २ वर्ष ५ महिना वितेपनि महानगरले विकास निर्माणको सवालमा अपेक्षित काम गर्न नसकेको एमाले मोरङको ठम्याई छ । पछिल्लो समय महानगर प्रमुख नागेश कोइराला महानगरको भन्दा अन्य अन्य स्थानीयतह, सरकार विरुद्ध पार्टीले शुरु गरेको […]