कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुख भण्डारीलाई

विराटनगर १९ साउन । कोशी प्रदेशका प्रदेशको कार्यभार मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई तोकिएको छ ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन जाने भएपछि भण्डारीलाई कोशी प्रदेश प्रमुखको पनि जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालय शितल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको छ ।

खापङु्ग अधिवेशनमा सहभागि हुने मलेसिया प्रस्थान गरिसक्नु भएको उहाँको सचिवालयले जनाएको छ ।