एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने

विराटनगर २२ कात्तिक । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमालेको मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले आगामी मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने जानकारी दिएको हो । यो अभियान ३ हप्ता चल्ने छ । अभियानलाई ‘समृद्धिका लागि महाअभियान’ भनेको छ । एमालेले पहाडलाई […]

कोशी सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता नलिने

विराटनगर २० कात्तिक । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा […]

कोशीमा कांग्रेसका उद्धव थापाको राजीनामा अस्वीकृत

विराटनगर २० कात्तिक । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किनु भएको छ । संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर […]

कोशी प्रदेश सरकारबाट एमाले बाहिरियो

विराटनगर १८ कात्तिक । गठबन्धन आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा सहभागी भएसगै नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर मगरले आज पदबाट राजीनामा दिनु भएको हो । उहाँले आज बिहान मुख्यमन्त्री केदार कार्कीलाई निवासमै पुगेर राजीनामा बुझाउनु भएको हो । मुख्यमन्त्री कार्कीले एमालेको सहमतिबिना गठबन्धन दलहरू माओवादी केन्द्र […]

मुख्यमन्त्री बनाउन एमालेले गरेको सहयोग विर्सन सक्दिन : कार्की

विराटनगर १८ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणको बाटो बन्द नहुने बताउनु भएको छ । नेकपा (एमाले)प्रति लक्षित गर्दै उहाँले दलहरुबीचमा सहमतीय सरकार गठन गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा एमालेलाई समेत सँगै लिएर अघि बढ्न आफूले चाहेको उल्लेख गर्नुभयो । एमालेले आफूलाई मुख्यमन्त्री बनाउन […]