
विराटनगर ९ माघ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले विरुद्ध खडा गरिने भ्रमबाट सावधान रहन आग्रह गर्नु भएको छ ।
एमाले विरुद्ध खडा गरिने सवै प्रकारका बुख्याच्याबाट सावधान रहन उहाँले आग्रह गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुक मार्फत अहिले एमाले विरुद्ध र एमाले नेतृत्वको सरकार विरुद्ध भ्रम छर्ने काम भईरहेकाले सम्पूर्ण पार्टी पंक्तीलाई ढुक्क भएर भ्रमबाट सावधान रहँदै नेपाल राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्ने प्रण गर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ,‘ हामी नेकपा एमाले आफ्नो पार्टी ढुक्क छौ र नेतृत्व प्रति गौरव गर्छाै । नेकपा एमाले धेरै आँधी, हुरि, वतास, आरोह–अवरोह पार गर्दै देश भित्र बसेर निरंकुसताका विरुद्ध कठीन भन्दा आन्दोलनको ज्वार भाटा सिर्जना गर्दै घोडामा सवार बादशाहलाई घोडाबाट तल झार्ने पार्टी हो । आन्दोलनका क्रममा सयौं नेता कार्याकर्ताले बलिदान गरेर जनताको काखमा हुर्काएको पार्टी हो ।’
नेकपा एमालेका विरुद्ध फेरि एक पटक केही सामाजिक संजाल र केही युट्युवको दुरुपयोग हुने तर्फ सचेत रहन उहाँले आग्रह गर्नुभएको छ । झुट र आधार विहिन कुराको पछि नलाग्न उहाँको आग्रह छ । उहाँले फेसबुकमा लेख्नुभएको छ ,‘ हिजो नेकपा एमाले विरुद्ध र एमाले फुटाउन हदै सम्म तल्लो हर्कत गरेका केही नेताहरु आफ्नो पार्टी सम्हाल्न नसकेर अहिले खबरदार हाम्रो पार्टी फुटाउन अध्यादेश ल्याउन पाइदैन भन्दै हिड्दै छन । प्रधानमन्त्री केपी शर्मा ओलिले मेरो काम कसैको पार्टी फोड्ने र जोड्ने होईन भने पछि भने अलि ढुक्क भएको हुनुपर्छ ।’
एमाले र कांग्रेस नेतृत्वको गठबन्धन सरकार आगामी ०८४ सम्म नै चल्ने भएकाले झुट र आधार विहिन कुराको पछि नलाग्न उहाँको आग्रह छ ।