मोरङमा १० दिनमा १५ सय मतदाता थपिए

विराटनगर २८ असोज । मोरङमा १ हजार ५ सय मतदाता थपिएका छन् । असोज १० देखि २८ गते सम्म कार्यालय सञ्चालन भएको १० दिनको अवधिमा १ हजार ५३० मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुशार असोज १० गते २५ जना, १२ गते २१४ जना, १९ गते ८ जना, २० गते ३६ जना, २१ गते […]

विराट मेडिकलमा रगतको अभाव

विराटनगर २८ असोज । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिन यता रगतको अभाव देखिएको छ । हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगतको अभाव देखिएको हो। तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्। दशैँपछी सबै समुहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। […]

चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

विराटनगर २७ असोज । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोका गर्न निर्णय गरिएको बताउनुभयो। गत […]

कोशी प्रदेश बालबालिका संरक्षण ऐन संशोधन गरि प्रभावकारी बनाउन सुझाव

विराटनगर २७ असोज । कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ मा संशोधन आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् । ऐनको प्रभावकारी कार्यन्वयन पनि हुन नसकेको उनीहरुले बताएका छन् । बालबालिका संरक्षण ऐनबारे स्थानीय तह बेखवर रहेको सरोकारवालाहरुको भनाई छ । साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले आज आयोजना गरेको उत्तर विधायीकी परिक्षण कार्यशालामा ऐनको कार्यन्वयन […]

चित्रकलाको माग हुन छाडेपछि नि : शुल्क बाँड्दै डंगोल

विराटनगर २६ असोज । विराटनगरका भरत डंगोल ६० वर्षको हुनुभयो । २०६२ सालदेखि व्यवसायिक रुपमा चित्रकला मार्फत जिविकोपार्जन गर्दै आउनु भएका उहाँको पेशा अहिले संकटमा परेको छ । चित्रकलाको माग हुन छाडेपछि उहाँले व्यवसाय बन्द गर्ने मनस्थिति बनाउनु भएको छ । विराटनगरमा डिके आर्ट सञ्चालन गरेर व्यवसाय गर्दै आउनु भएका उहाँले आर्ट सेन्टरमा रहेका चित्रकलाहरु […]