आन्तरिक मामिला मन्त्रालयको विपद् सामग्री स्टोरमा आगजनी गर्दा सवै जलेर नष्ट

विराटनगर २६ असोज । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आजगनी गर्दा विपद्का सवै सामग्रीहरु जलेर नष्ट भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीहरुले तोडफोड तथा मन्त्रालय परिसरमा रहेको विपद्का सामग्री राखिएको स्टोरमा आगजनी गर्दा लाखौं मूल्य बराबरको सामान जलेर नष्ट भएको मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख […]

आगामी निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनु पर्छ : अध्यक्ष यादव

विराटनगर २६ असोज । जनता समाजवादी पार्टी,नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताउनु भएको छ । पार्टीको कोशी प्रदेश समितिद्वारा आज देखि शुरु भएको एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले सरकारले दलहरुको सहभागिता विना निर्वाचन सफल हुन नसक्ने भएकोले अविलवम्व दलहरुसँग वैठक […]

क्षयरोग नियन्त्रणको लक्ष्यमा पुग्न सरोकारवालाको सहयोग आवस्यक : मन्त्री राई

विराटनगर, २५ असोज । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र र्राईले क्षयरोग नियन्त्रण गर्ने सरकारको लक्ष्य पूरा गर्न सम्बन्धित सरोकारवालाहरुको सक्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ । नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको ५५ औं जिल्ला सभाको आज विराटनगरमा उद्घाटन गर्दै स्वास्थ्य मन्त्री र्राईले क्षयरोगका कारण वर्षाेनी विरामीहरुको संख्या र मृत्यु बढी रहेकोले यस तर्फ […]

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति ५७ करोड

विराटनगर २५ असोज । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको कुल सम्पत्ति दायित्व ५७ करोड ३८ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ म ४८ करोड ४ लाख थियो । आर्थिक वर्ष ०८१–०८२ मा ५७ करोड ३८ लाख ५७ हजार ४५४ पुगेको संस्थाका अध्यक्ष जीवन काफ्लेले जानकारी दिनुभयो । विराटनगरमा आज आयोजित २७ […]

इलाम तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

विराटनगर २३ असोज । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । बैठकले सरकारले […]