विराटनगर, २५ मंसिर । नेपाली काँग्रेस मोरङले आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ हुने राष्ट्रिय सभा निर्वाचनका लागि मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका उम्मेद्वारहरुको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ ।
जिल्ला समितिले संघीय निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिका तर्फ तथा राष्ट्रिय सभाका उम्मेद्वारहरुको छुट्टाछुट्टै नाम सिफासिर गरेको छ । जसमा नेपाली काँग्रेसका नेता डा शेखर कोईराला, मोरङ निर्वाचन क्षेत्र नं ६ बाट एकल उम्मेद्वारका रुपमा सिफारिस भएका छन् भने पूर्व उप प्रधानमन्त्री सुजता कोइराला मोरङ क्षेत्र नं २ बाट समानुपातिक तर्फ, पूर्व मन्त्री तथा केन्द्रीय सदस्य महेश आचार्य मोरङ क्षेत्र नं ४ बाट, मोरङ काँग्रेसका सभापति डिग बहादुर लिम्बु मोरङ क्षेत्र नं १ बाट सिफारिस हुनु भएको छ ।
मोरङ काँग्रेसले आगमी निर्वाचनका लागि सिफारिस गरिएको नेताहरुमा पूर्व मन्त्री आचार्य सबै भन्दा पुरानो अनुहार हो । उहाँ २०४८ सालमा राष्ट्रिय सभा सदस्य हुँदै तत्कालिन गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा अर्थराज्य मन्त्री हुनुहुन्थ्यो भने २०५६ देखि २०७४ साल सम्मका निर्वाचनहरुमा मोरङका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेद्वार बन्दै आउनु भएको ।
नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुका अनुसार मोरङ सङ्घीय निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फ डीग बहादुर लिम्बु, खड्ग बहादुर फागो र दिब्या बस्नेतको नाम सिफारिस गरेको छ । जसमा डीग बहादुर लिम्बु सोही निर्वाचन क्षेत्रका निवर्तमान सांसद तथा नेपाली काङ्ग्रेस मोरङका सभापति हुन् भने फागो नेपाली काँग्रेस कोशी प्रदेशका सहमहामन्त्री र बस्नेत पूर्व महासमिति सदस्य हुनुहुन्छ ।
समानुपातिक तर्फ सीता कार्की र इन्दु देबी चौधरी तथा राष्ट्रिय सभा तर्फ ललित अधिकारीको नाम सिफारिस गर्ने निर्णय भएको जनाइएको छ । संघीय निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ पूर्व मन्त्री तथा केन्द्रीय नेता डा मिनेन्द्र रिजाल, शिवनारायण सिंह र नारायणी पण्डित, तथा समानुपातिक तर्फ सुजता कोइराला र गोपलमानसिंह राजभण्डारीको नाम सिफासिर गरिएको छ । मोरङ सङ्घीय निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्ष तर्फ डा सुनिल कुमार शर्माको एकल नाम सिफारिस गरिएको छ ।
डा शर्मा सोही निर्वाचन क्षेत्रको निवर्तमान सङ्घीय सांसद तथा महासमिति सदस्य हुनुहुन्छ । सङ्घीय निर्वाचन क्षेत्रीय समितिबाट सर्वसम्मतरुपमा डा शर्माको नाम एकल नाम सिफासिर भइ आएकाले जिल्ला कार्यसमितिले पनि सोही अनुसार प्रदेश समितिमा सिफारिस गरेको नेपाली काँग्रेस मोरङ सभापति लिम्बुले बताउनुभयो ।
समानुपतिक तर्फ उक्त निर्वाचन क्षेत्रबाट बसन्त भट्टराई (खुल्ला) सुयार्माराज राई (आदिवासी जनजातीं) डा अताबुल मन्सुर (मुस्लिम), भौसादेबी खवास (महिला), पम्फा धिमाल (महिला), रुकमणि धिमाल (महिला) र रेखबहादुर तामाङ (आदिबासी) को नामा सिफारिस गरिएको छ । राष्ट्रिय सभातर्फ लोकप्रसाद सङ्ग्रौला, केशव निरौला, योगेन्द्र प्रसाद दाहाल, मिना सिन्चुरी र कमला अधिकारीको नाम सिफारिस गरिएको छ ।
सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष तर्फ महेश आचार्य,गुरुराज घिमिरे, दिलिप गच्छदार, विनोद कुमार बस्नेत र दुर्गा कोइराला भट्टराई, समानुपातिका तर्फ भक्तिनाथ माझी, विश्वनाथ रिजाल, रामकुमार विश्वकर्मा, उदय राजवंशी, चन्दन चौधरी, मनोज परियार, विजय माझी, इन्दिरा कार्की, सूची चौधरीको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सभा तर्फ सुबोध निरौला, सन्तनु रेग्मी, समिति आचार्य,शशिकला श्रेष्ठको नाम नेपाली काँग्रेस मोरङले प्रदेश समितिमा सिफारिस गरेको छ । त्यसैगरी सङ्घीय निर्वाचन क्षेत्र नं ५ बाट प्रत्यक्ष तर्फ हसन अन्सारी, राजश कुमार गुप्ता, फूलकुमार लालवानी र निर्मला सुबेदीको नाम सिफारिस गरेको छ । तर उक्त निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ विशेष परिस्थिति तथा अवस्था अनुसार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य अमृत अर्याललाई प्रतिनिधि सभाको उम्मेद्वार बनाउन सकिने गरि सिफासिर गरिएको छ ।
निर्वाचन क्षेत्रबाट पनि विशेष परिस्थितिमा अर्याललाई प्रत्यक्ष तर्फको उम्मेद्वार बनाउन सकिने भनि सर्वसम्मत निर्णय भइ सिफारिस भएको बताइएको छ । समानुपातिक खुल्ला तर्फ उक्त निर्वाचन क्षेत्रबाट रमनारायण केवरत, अर्जुन कुमार निरौला, सुवोध कुमार सिंह, त्यस्तै महिला तर्फ कमला श्रेष्ठ, अश्विनी मण्डल, मिना मुर्मुको नाम सिफासिर गरिएको छ ।
राष्ट्रिय सभा तर्फ जयनाथ मण्डल र हरिनाथ सिंहको नाम सिफारिस गरिएको नेपाली काँग्रेस मोरङका सभापति लिम्बुले बताउनुभयो । त्यसैगरी क्षेत्र नं ६ बाट प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाको एकल सिफारिस गरिएको छ । क्षेत्रीय समिमितबाट समेत उहाँको नाम एकल रुपमानै सिफारिस भइ जिल्लामा आएको बताइएको छ ।
सो निर्वाचन क्षेत्रबाट समानुपातिक तर्फ रमेशजङ रायमाझी, डा डिला सङ्ग्रौला, रुकमीणी कोइराला, डा प्रमिला कुमार गच्छदार, डा मृदुला कोइराला, डा सीता पोखरेल र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।
राष्ट्रिय सभा तर्फ फेकम पासवान, जयप्रकाश सरदार, महेश जाजु, उमा घिमिरे र प्रभा आचार्यको नाम सिफारिस भएको छ । क्षेत्रीय समितिबाट सिफारिस भइ आएको नामहरुलाई जिल्ला कार्य समितिको बैठकले निर्णय गरी प्रदशे समितिमा सिफासिर गरिएको सभापति लिम्बुले बताउनुभयो ।