विराटनगर २५ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि मनोनित गरिएको छ । नेकपा एकिकृत परित्याग गरि एमालेमा फर्किएका १८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनित गरिएको छ ।
मोरङबाट महाधिवेशन प्रतिनिधिमा मनोनित हुनेहरुमा हिराकुमारी दाहाल (मीरा), वीरेन्द्र यादव, डा. उद्घव पोखरेल र सर्सुदेवी गुरुङ (शर्मिला) रहनु भएको छ । मोरङबाट यसअघि ४६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
नेकपा एसबाट एमाले फर्किएका मोरङ जिल्ला बाहेकका श्रीप्रसाद शर्मा– बाग्लुङ, उपेन्द्र साह– रौतहट, रामकुमारी झाँक्री– गुल्मी, . कृष्णकुमार (किसान) श्रेष्ठ– बारा, ई. गम्भीरलाल श्रेष्ठ– सिन्धुपाल्चोक, पिताम्बर तिमल्सिना– तेह्रथुम, राजाराम स्याङ्ताङ– मकवानपुर, ध्रुवराज विष्ट– भक्तपुर, नवराज पौडेल– सिन्धुपाल्चोक, अर्जुन राई– धनकुटा, अम्बिका राई– खोटाङ, बबी चाम्लिङ राई– खोटाङ, मीनाकुमारी परियार– कपिलवस्तु, लोकविक्रम थापा– कञ्चनपुर रहनु भएको छ ।
एमालेको ११ औं महाधिवेशन मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन शत्र भक्तपुरको सल्लाघारीमा हुँदैछ ।