विराटनगर १७ भदौ । कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने […]
विराटनगर १७ भदौ । विराटनगर ८ को हाटखोला मैदान नजिक हरियाली पार्क निर्माण गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय बैकल्पिक चिकित्सा बिभागको सहयोगमा हरियाली पार्क भित्र खुल्ला ब्यायामशाला निर्माण गरिएको छ । वडाका बालबालिका तथा जेष्ठ नागरिकलाई लक्षित गरेर ब्यायामसाला निर्माण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ लाखौ खर्च गरेर फलामको […]
विराटनगर १५ भदौ । कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् । यही भदौ ७ गते […]
विराटनगर, १५ भदौ । नेकपा (माओवादी केन्द्र)ले भदौ १६ गते (शनिबार) बिहान ७ बजे मार्च पाससहित तीन महिने अभियान सुरु गर्ने भएको छ । माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव)का अनुसार शनिबार बिहान ७ बजे विराटनगरको बजारमा मार्चपाससहित अभियान उद्घाटन गर्न लागिएको हो । माओवादीले भोली देशरभका सबै वडामा एकैपटक तीन महिने अभियानको […]
विराटनगर १५ भदौ । मानव वेचविखन तथा ओसार पसार विरुद्धको १७ औं दिवसका अवसरमा विराटनगरमा सचेतनामुलक कार्यक्रम गरिने भएको छ । आज माईती नेपालमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकमा सो निर्णय गरिएको छ । मानव वेचविखन तथा ओसार पसार विरुद्धकोको १७ औं दिवसका दिन भदौ २० गते जिल्ला प्रशासन कार्यालयमा […]