वन्यजन्तु संरक्षण विभागले भन्यो–मोरङको उर्लाबारीमा हिँउ चितुवा भेटिनु अस्वभाविक

विराटनगर १२ माघ । मोरङको उर्लाबारी क्षेत्रमा हिँउ चितुवा भेटिनु अस्वभाविक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बुधबार उर्लाबारी–१ चारघरे भन्ने ठाउँमा वयस्क भाले हिँउ चितुवा भेटिएको थियो ।

बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिँउ चितुवालाई उद्दार गरेर अहिले सदर चिडिया खाना, जाउलाखेल ल्याइएको छ । पूर्व कञ्चनजंगादेखि पश्चिम अवि नम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा हिउँ चितुवा पाइन्छ । नेपालमा दुई हजारदेखि ६ हजारसम्मको उचाईमा रहेका १२ संरक्षित क्षेत्र तथा आवापासका स्थान हिउँ चितुवाका सम्भावित वासस्थान हुन् । विभागका अनुसार नेपालमा २०१ देखि ४०० सम्म हिउँ चितुवा रहेको अनुमान छ ।

उर्लाबारीमा भेटिएको हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज देखिएको छ, तर बाहिर कुनै चोट छैन । ‘पाटे बाघको बासस्थानको उचाईमा हिउँ चितुवा देखिनु अस्वभाविक र अनुसन्धानको विषय बनेको छ’ विभागाक सूचना अधिकारी श्यामकुमार साहले भनेका छन् ।