राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा मतदान जारी

विराटनगर ११ माघ । राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ । बिहीबार बिहान ९ बजेदेखि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान सुरु भएको हो । महिलातर्फ कांग्रेसकी प्रदेशसभा सदस्य लखीकुमारी गणेश र पुरुषतर्फ कांग्रेसकै हिमाल कार्कीले पहिलो मतदान गरेका थिए । मतदान दिउँसो ३ बजेसम्म हुनेछ । फागुन २० गतेबाट रिक्त हुन लागेका १९ […]

मोरङबाट हात्तिपाईले निवारण, समुदायस्तरमा संक्रमण देखिएन

विराटनगर ११ माघ । हात्तिपाईले रोग मोरङबाट निवारण भएको छ । मोरङमा हालै सम्पन्न सर्भेले जनस्वास्थ्यका रुपमा हात्तिपाईले रोग नरहेको पाईएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय मोरङले आज विहान पत्रकार सम्मेलन गरि यसवर्षदेखि मोरङमा हात्तिपाईलेको औषधि खुवाउनु नपर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग […]

मोरङको ग्रामथानका अध्यक्ष गच्छदार अस्पताल भर्ना

विराटनगर ११ माघ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारु अस्पताल भर्ना हुनु भएको छ । बुधबार साँझ इस्टर्न स्टार होटलमा अस्वस्थ भएपछि उहाँलाई पारस अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा गंभिर समस्या देखिएपछि उहाँलाई अहिले नोवेल अस्पताल विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भई रहेको ग्रामथानको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । […]

निर्वाचन आचारसंहिता विपरित गतिबिधि भएको विषयमा प्रतिवेदन पेश गर्न मोरङका सिडियोलाई आयोगको निर्देशन

विराटनगर १० माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अबधिमा कोशी प्रदेशमा निर्वाचन आचारसंहिता विपरित गतिबिधि भएको विषयमा प्रतिवेदन पेश गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा विराटनगरमा दलहरुले भेला, चियापान र अन्य गतिबिधि गरेको विषयमा अनुगमन गरी त्यसबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो […]

एभरेष्ट स्पोर्ट्स मिट सुरू: नर्सरीदेखी कक्षा १ सम्मका स्पर्धा सम्पन्न 

विराटनगर, १० माघ । विराटनगर–५ स्थित एभरेष्ट माध्यामिक विद्यालयमा मंगलबारदेखी सुरू भएको एभरेष्ट स्पोट्र्स मिट अन्तर्गत बुधबारसम्म नर्सरी देखि कक्षा १ सम्मका स्पर्धा सम्पन्न भएका छन । विद्यालयका प्रीन्सिपल टिकाराम पुरीले रिबन काटेर उद्घाटन गरेको प्रतियोगिता माघ १५ गते सम्पन्न हुनेछ । प्रतियोगिताको पहिलो दिन नर्सरी र कक्षा १ का विभिन्न स्पर्धा भएका छन्  । […]