विराटनगर ११ माघ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारु अस्पताल भर्ना हुनु भएको छ । बुधबार साँझ इस्टर्न स्टार होटलमा अस्वस्थ भएपछि उहाँलाई पारस अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा गंभिर समस्या देखिएपछि उहाँलाई अहिले नोवेल अस्पताल विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भई रहेको ग्रामथानको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ इस्टर्न स्टार होटेलमा साँझको खाना खान बेलामा अचानक अस्वस्थ भएपछि अस्पताल लगिएको थियो ।’ उहाँका अनुसार अध्यक्ष गच्छदारको स्वास्थ्यमा गंभिर समस्या देखिएको चिकित्सकले बताएका छन् । अहिले अब्जरभेसनमा रहेकाले उहाँलाई के भएको भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।
५६ वर्षीय अध्यक्ष गच्छदार यसअघि पनि लामो समय सम्म अस्वस्थ हुनु भएको थियो । उहाँमा उच्च रक्तचापको समस्या रहेको बताईएको छ ।