कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

विराटनगर २६ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेबी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ । टीकाको शुभसाइतमा उहाँले झापाको गौरादह ३ स्थित निवासमा आमासँग टीका लगाउनु भएको हो । आज दिन भर झापाको गौराहदमा रहेको निवासमा नै बसेर मुख्यमन्त्री कार्कीले आफन्तसंग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ […]

विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकावीच दशैं मनाउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर २६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दशैं नजिकिदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकावीच दशैं मनाउन आग्रह गर्नुभएको छ । कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्याएकोले विपद्को सामना गर्दै एक आपसमा सहयोग, सद्भाव र भातृत्वका साथ यस वर्षको दशैं मनाउन उहाँले […]

विराटनगर ओपन स्काउट क्र्युद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

विराटनगर २३ असाेज । विराटनगर ओपन स्काउट क्र्युले नेपालीहरुको चाड दशैं तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । विराटनगरको सत्यनारायण माविमा आयोजित कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले स्काउटले सामाजिक कार्यमा भूमिका बढाउँदै गएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले स्काउटलाई सहयोग गर्न महानगरपालिका सँधै तयार रहेको […]

बाल संसारमा दशैं

विराटनगर २३ असोज । बाल संसार मन्टेश्वरी स्कुल विराटनगरले नेपालीहरुको महानपर्व दशैंको अवसरमा शुभकामना कार्यक्रम गरेको छ । स्कुलमा अध्ययनरन विद्यार्थीहरुलाई दशैंको शुभकामना दिएर विद्यालय विदा दिईएको छ । नेपाली कला र संस्कृतिका बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले बालबालिकाहरुवीचमा विद्यालयमै जमरा उमारेर दशैं मनाईएको विद्यालयका प्रिन्सीपल खड्ग राईले जानकारी दिनुभयो । हरेक चाडपर्व विद्यालयले मनाउँदै […]

कोशी प्रदेशका उत्कृष्ट अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरु सम्मानित

विराटनगर २२ असोज । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले कोशी प्रदेशका उत्कृष्ट अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मानित गरेको छ । आर्थिक वर्ष २०८०–०८१ को प्रदेश स्तरिय एकिकृत बार्षिक समीक्षा गोष्ठिका अवसरमा अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मानित गरिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेको विभिन्न मापदण्डका आधारमा जिल्ला अस्पताल भोजपुर प्रथम भएको […]