अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत : मुख्यमन्त्री कार्की

विराटनगर १२ माघ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ। आज प्रेस चौतारी मोरङकाे अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो पनि संवैधानिक व्यवस्था हो र यो जनतालाई राहत […]

सबैक्षेत्रमा कानुनको पालना गरेमा संविधानको मर्म लागु हुने : प्रदेश प्रमुख खापुङ्ग

विराटनगर ११ माघ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज सातौँ वार्षिक प्रतिवेदन वुझाएको छ । प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरका आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता नारायण बस्तीले मुख्य न्यायाधिवक्तो काम, कर्तव्य,अधिकार र सेवाका सर्त सम्बन्धी ऐन २०७५ को दफा १२ को उपदफा (१) बमोजिम कार्यालयको आर्थिक वर्ष २०८०/८१ […]

भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने : मुख्यमन्त्री कार्की

विराटनगर ११ माघ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताउनुभएको छ । कोशी टप्पु सुनसरीमा विहिबार भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताउनुभयो । कोशी प्रदेश सरकारले आगामी २०८२ साल लाई कोशी पर्यटन वर्ष मनाउने […]

रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने

विराटनगर १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु […]

विराटनगरमा सञ्चालित रात्रिकालिन होटल, गीत–गजल तथा रेष्टुरेन्टले न्युनतम मापदण्ड पुरा गरेनन्

विराटनगर १० माघ । रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपप्रमुख शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, […]