बाल सुधार गृहहरुको अवस्था रुग्ण र कारुणिक : सिविन नेपाल

विराटनगर १६ कात्तिक । सिविन नेपालले नेपालमा सञ्चाल बाल सुधार गृहहरुको अवस्था रुग्ण र कारुणिक रहेको निश्कर्ष निकालेको छ । बालसुधार गृहहरूमा क्षमता भन्दा चारगुणा बढी बालबालिकालाई राखिएको पाईएको छ । ८ वटा सुधार गृहमा ३७५ जनाको क्षमता भएपनि १ हजार २ सय २ जना राखिएको पाईएको छ । भक्तपुरस्थित बालसुधार गृहको क्षमता ११० (१० […]

कोशी प्रदेश : ७ लाख ८६ हजार परिवार कृषि पेशामा

विराटनगर १४ कात्तिक । कोशी प्रदेशका ७ लाख ८६ हजार परिवार कृषि पेशामा रहेका छन् । राष्ट्रिय कृषिगणना २०७८ को कोशी प्रदेशस्तरीय नतिजा आज विराटनगरमा सार्वजनिक गर्दै सो जानकारी दिईएको हो । कोशी प्रदेशमा ७ लाख ८६ हजार १०८ कृषक परिवारले ५ लाख ३२ हजार ९३७ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । […]

मन्त्रिपरिषद् सानो आकारको हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर १४ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धेरै संख्याको मन्त्रीमण्डल बनाउने पक्षमा आफू नरहेको बताउनु भएको छ । विराटनगरमा आज राष्ट्रिय कृषिगणना २०७८ को कोशी प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्न ढिलाइ नभएको र थोरै संख्याको मन्त्रीमण्डल छिट्टै विस्तार हुने बताउनुभयो । ‘सरकारलाई अघि बढाउन मन्त्रीमण्डल विस्तारको काम अलिकति ढिलो […]

नेपालका झण्डै ६० प्रतिशत घर एक तले

काठमाण्डौं १३ कात्तिक । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घर रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो । त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत […]

पाँच महिनादेखि थलिएकी सहनीको मेयर कोइरालाको पहलमा निःशुल्क उपचार

विराटनगर १३ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराटनगर–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरु भएको छ । मेयर कोइरालाको पहलपछि पाँच महिनादेखि ओछ्यानमै थलिएकी सहनीको सोमबारबाटै कोशी अस्पतालमा निःशुल्क उपचार सुरु भएको हो । सहनीको विराटनगर–१२ मंगलबार हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ । आर्थिक अभावका कारण उपचार […]