भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

विराटनगर ४ जेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रिजाललाई नियन्त्रणमा लिएको हो । ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारीको डायरीमा रिजाललाई ७ लाख दिएको […]

विराटनगर–बर्जु हाफ म्याराथनको तयारी अन्तिम चरणमा

विराटनगर ४ जेठ । विराटनगरको विराटराजाको दरबार देखि सुनसरी बर्जु सम्मको हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । विहीबार मन्त्रालयमा बसेको मुल समारोह समितिको बैठकमा तयारी अन्तिम […]

कोशी प्रदेश सरकारद्धारा एसिड पीडित बालिकालाई उपचार खर्च हस्तान्तरण

विराटनगर ३ जेठ । कोशी प्रदेश सरकारले एसिड ओखलढुङ्गाकी एक बालिकालाई उपचार खर्च दिएको छ । ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका ६ की एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत एक लाख ७५ हजार उपलब्ध गराइएको बताईएको छ । पीडित बालिकाको किर्तिपुर बर्त हस्पिटलमा उपचार भइरहेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ […]

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्ले बर्खास्त

विराटनगर ३ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद ऐन २०७६ बमोजिम गठन भएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पदबाट हटाइएको हो । बोर्डको विभागिय सामाजिक विकास मन्त्रालयसँग आवश्यक […]

वन, पर्यटन तथा वातावरण मन्त्रालयले विराटराजदरबार–बर्जु हाफ म्याराथन गर्दै

विराटनगर, १ जेठ । कोशी प्रदेश सरकार वन, पर्यटन तथा वातावरण मन्त्रालयले ‘हाफ म्याराथन प्रतियोगिता’ गर्ने भएको छ । आगामी जेठ ६ गते शनिबारका दिन बिहान ६ बजे सो प्रतियोगिता विराटनगर भेडियारीस्थित विराटराजाको दरबार देखि सुनसरीको बर्जु तालसम्मको दूरीमा हुने भनिएको छ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ नाराका साथ हुने सो प्रतियोगिताले […]