विराटनगर १४ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धेरै संख्याको मन्त्रीमण्डल बनाउने पक्षमा आफू नरहेको बताउनु भएको छ ।
विराटनगरमा आज राष्ट्रिय कृषिगणना २०७८ को कोशी प्रदेशस्तरीय नतिजा सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्न ढिलाइ नभएको र थोरै संख्याको मन्त्रीमण्डल छिट्टै विस्तार हुने बताउनुभयो । ‘सरकारलाई अघि बढाउन मन्त्रीमण्डल विस्तारको काम अलिकति ढिलो भएको हो ।’ उहाँले भन्नुभयो, ‘विदा कटाउँदा ढिलो पनि भएको चाही छैन र विदा नै भएपनि काम रोकिएको छैन । बजेटको प्रतिस्थापन विधेयकपनि समयमै हुन्छ ।’ ‘वर्तमान सरकार सुशासन, सम्बृद्धिका लागि हो ।
राजनीतिका र मन्त्रीमण्डलमा कम्प्रमाइज गर्नुपर्दैन । सरकार छिट्टै बन्छ । जसले मलाई मुख्यमन्त्री बनाउनु भयो । उहाँको एजेण्डा मैले लागु गर्नुपर्छ ।’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारको ध्यान प्रदेशमा जनअधिकारको सुरक्षा, सम्बृद्धिसंगै सुशासनमा केन्द्रीत हुने बताउनुभयो ।