विराटनगर ११ माघ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारु अस्पताल भर्ना हुनु भएको छ । बुधबार साँझ इस्टर्न स्टार होटलमा अस्वस्थ भएपछि उहाँलाई पारस अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा गंभिर समस्या देखिएपछि उहाँलाई अहिले नोवेल अस्पताल विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भई रहेको ग्रामथानको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । […]
विराटनगर ११ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ […]
विराटनगर १० माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अबधिमा कोशी प्रदेशमा निर्वाचन आचारसंहिता विपरित गतिबिधि भएको विषयमा प्रतिवेदन पेश गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा विराटनगरमा दलहरुले भेला, चियापान र अन्य गतिबिधि गरेको विषयमा अनुगमन गरी त्यसबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो […]
विराटनगर ९ माघ । प्रदेश लोक सेवा आयोग कोशीले तीन वर्षमा १ हजार ३७७ जनालाई स्थानीय सरकारी सेवामा सिफारिस गरेको छ । आर्थिक वर्ष २०७८–०७९मा २८०, २०७९–०८० मा ४०९ र २०८०–०८१ को हाल सम्म ६८८ गरि १ हजार ३७७ जनालाई स्थानीय सरकारी सेवामा सिफारिस गरिएको प्रदेश लोकसेवा आयोगका सचिव बाबुराम खतिवडाले जानकारी दिनुभयो । चौथो […]
विराटनगर ९ माघ । कोशी प्रदेशका दशवटा जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले उधारो व्यवस्थापनका लागि सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा आज सुन्दरहरैचामा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन । सामुहिक भेला पश्चात जारी ६ वुदे सम्झौतामा उधारो […]