बालबाटिका स्कुलले सम्झौता विपरित भर्ना अभियान सञ्चालन गरेकोप्रति नेशनल एकाडेमीको आपत्ती

विराटनगर १९ चैत । विराटनगर–८ मधुमारामा रहेको बालबाटिका बोर्डिङ स्कुलले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको प्रति विराटनगर १० मा रहेको नेशनल एकाडेमीले आपत्ती जनाएको छ । नयाँ शैक्षिक सत्र २०८१ देखि साविकको बालवाटिका स्कुल नेशनल एकाडेमीको स्वामित्वमा सरेपनि विद्यालयले आफुखुशी सम्झौता विपरितको कार्य गरेको नेशनल एकाडेमीको भनाई छ । नेशनल एकाडेमीले आज पत्रकार सम्मेलन गरी […]

मेडिकल उपकरण खरिद प्रकरणमा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालिन निर्देशक मेहता सहित ६ जना विरुद्ध अख्तियारमा मुद्धा दायर

विराटनगर १८ चैत । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध […]

पूर्वाञ्चलको उपकुलपतिका लागि चैत २७ बाट कार्ययोजना प्रस्तुतीकरण हुने

विराटनगर १८ चैत । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि चैत २७ बाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ । उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको चैत २७, २८ र २९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । पहिलो दिन, चैत २७ मा शुभनारायण पाठक, […]

विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा

विराटनगर १७ चैत । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि एनआरटीका विदेशी खेलाडी […]

विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षाको अध्यापन गराउनु गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

विराटनगर १६ चैत । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीहरुलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउन पर्ने सुझाव दिनु भएको छ । महेन्द्र मोरङ आदर्श वहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्याथी युनियनद्वारा सोही क्याम्पसमा आज आयोजित पुरस्कार वितरण, सम्मान, नयाँ विद्यार्थी स्वागत, झण्डोत्तोलन र स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई […]