माओवादी संविधान संशोधनको विरोधी हैन : अध्यक्ष दाहाल

विराटनगर २२ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले संविधान संशोधनको बिरोधी नभएको बताउनु भएको छ।
विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफ्नो पार्टी जनताले अहिलेसम्म प्राप्त उपलव्धिलाई टेकेर एवं उत्पीडित जाति, क्षेत्र र समुदायलाई अझ वढी अधिकार सम्पन्न बनाउन संविधान संशोधनको पक्षमा रहेको प्रष्ट पार्नु भयो ।

पूर्व प्रधानमन्त्री दाहालले भत्रु भयो ‘ संविधान संशोधनमार्फत जनताले प्राप्त गरेको समावेशी, समानुपातिकताको अधिकार कटौती भएमा सडकमा गएर प्रतिवाद गर्ने छौं ’। पूर्ण समानुपातिक प्रणाली नेपाल जस्तो वहुभाषिक, बहुजातिय, वहुसांस्कृतिक देशमा उपयुक्त हुने विचार अध्यक्ष दाहालले व्यक्त्त गर्नु भयो । उहाँले भन्नु भयो ‘ पार्टीको मान्यता प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ पर्छ भत्रे अहिले पनि कायम रहेको छ’ ।

पूर्वप्रधानमन्त्री दाहालले सरकारले उद्यमीहरुसँग विद्युतको बाँकी रहेको राज्यको अबौं रकम छुट दिने चलखेल नगर्न समेत चेतावनी दिनु भयो । उहाँले प्रतिनिधि सभा र लेखा समितिमा यस सम्बन्धमा आफ्ना सांसदहरुले सशक्त रुपमा कुरा राखेको जानकारी दिनु भयो ।

पूूर्वप्रधानमन्त्री दाहालले लेखा समितिको सभापति विगतदेखि प्रतिपक्षीलाई दिने परम्परा रहेको छ भन्दै माओवादी अहिले प्रमुख प्रतिपक्षी भएकाले सभापति दिनुपर्छ र यसलाई सरकारले गम्भिरतापूर्वक लिनु पर्छ भन्नु भयो ।