विराटनगरमा नेट र केवलको तार व्यवस्थापन तीव्र

विराटनगर १६ फागुन । विराटनगरको सौन्दर्यकरणमा ह्रास आउने गरी जथाभावी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरु आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित […]

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सम्झौता

विराटनगर १६ फागुन । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न कोशी अस्पताललाई प्रयोग गर्ने सम्झौता भएको छ । आज शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने त्रिपक्षीय सम्झौता भएको हो । दुई साताअघि मन्त्रिपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग […]

बालबालिका संवन्धि ऐन कार्यान्वयनका लागि १२ बुँदे प्रतिबद्धता

विराटनगर १६ फागुन । बालबालिका संवन्धि ऐन २०७५ लाई कार्यान्वयनका लागि १२ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झाको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो । सरोकारवालहरुले बालबालिका सम्वन्धी ऐन, २०७५ को व्यवस्था अनुसार बालबालिका सम्वन्धी कार्यविधीको तर्जुमा गरी कार्यान्वयनमा ल्याईने, बालबालिका सम्वन्धी ऐन, २०७५ को […]

१२ जना यूवा प्रदेश सांसदहरुको ज्ञान सहयोगी हुने

विराटनगर १५ फागुन । प्रदेश १ का १२ जना सांसदहरुको ज्ञान सहयोगीका रुपमा १२ जना यूवाहरुले काम गर्ने भएका छन् । युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप पोखरा रिसर्च सेन्टरको पहलमा सन् २०२० देखि शुरु भएको कार्यक्रम अन्र्तगत प्रदेश १ का ५० जना २० देखि ३० वर्ष उमेर समूहका यूवाहरुलाई छनौट गरि विराटनगरमा तीन दिने […]

सुनसरीको बर्जुमा दादुरा प्रकोप, २९ जनामा संक्रमण पुष्टि

विराटनगर १५ फागुन । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा संक्रमण फैलिएको छ । दुई हप्ताको अवधिमा बर्जुमा २९ जना दादुरा संक्रमित भेटिएका हुन् । बर्जुमा पहिलो पटक वडामा नम्बर २ मा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको […]