पोखरिया मावि : कोशी र मधेश प्रदेशका विद्यार्थीको रोजाईमा , ६४५ सिटका लागि २ हजार ४३१ को आवेदन

विराटनगर २६ चैत । भोजपुरको षडानन्द नगरपालिकाकी एसुविना कार्कीले सोमबार कक्षा ९ को प्रवेश परीक्षा पोखरिया माविबाट दिईन । धनकुटाको निजामति आवासीय विद्यालयबाट कक्षा ८ को अध्ययन पुरा गरेकी उनले कक्षा ९ देखि पोखरिया माविमा पढ्ने इच्छा भएकाले परीक्षामा सहभागि भएको बताईन । विद्यालयको सवै पक्ष राम्रो भएकाले रोजाईमा पाखरिया परेको कार्कीको भनाई छ । […]

चैत २७ गते काठमाडौंमा ५० हजारभन्दा बढीलाई उतार्ने राप्रपाको दाबी

काठमाण्डौं २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको उतार्ने दाबी गरेको छ । जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको जानकारी दिए । आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै उनले सुरक्षाको उचित प्रवन्धका लागि सरकारको ध्यानाकर्षण गराएका […]

आदर्श माविको प्रवेश परीक्षा : ३७८ को कोटामा २ हजार ११४ विद्यार्थी सहभागी

विराटनगर २५ चैत । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बालकक्षादेखि ९ कक्षासम्म छात्रा ८७५ जना र छात्र १२३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । ३७८ जना विद्यार्थीका लागि लिइएको […]

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

विराटनगर २४ चैत । आठौं  संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाण्डौले जितेको छ । सहिद मैदानमा शनिबार राती सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँ […]

इलाम–२ उपनिर्वाचन : नेम्वाङ र खड्काको जित्ने दाबी

विराटनगर २४ चैत । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली काँग्रेसबाट डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, […]