आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरि क्वाँटी खाने दिन

विराटनगर ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाउने गरिन्छ । यस दिन नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरिन्छ । हिन्दू वैदिक सनातन धर्मावलम्बीले आज नदी, ताल वा पोखरीमा स्नान गरि गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्दछन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि […]

कोशी प्रदेशसमा सडक गुरुयोजना बनाइने

विराटनगर २ भदाै । कोशी प्रदेश सरकारले प्रादेशिक सडकसञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकिकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो । कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रदेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडकसञ्जालको गुरु योजना बनाउन […]

सुनसरीकाे धरानबाट ९ जना सडकआश्रित बालककाे उद्वार

विराटनगर १ भदौ । सुनसरीकाे धरानबाट शुक्रबार राती ९ जना सडकआश्रित बालककाे उद्वार गरिएकाे छ । धरानवाट धरान उपमहानगरपालिका, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेश, ईलाका प्रहरी कार्यालय धरानसँगको सहकार्यमा उद्वार प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिनुभयाे । सडक बालबालिकाको खोजि, निगरानी र उद्धार कार्यक्रम ९ जना सडक आश्रित बालकहरुलाई उद्धार गरिएको […]

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशद्धारा तयारी शुरु

विराटनगर १ भदौ । कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि शुरु हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशले तयारी शुरु गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया गरेको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री तथा खेलकुद बोर्डका अध्यक्ष पाँचकर्ण (पीके) राईले कोशी प्रदेशले […]

लगानी सम्मेलन गर्दै कोशी प्रदेश सरकार

विराटनगर ३२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ । कार्की नेतृत्वको प्रदेश सरकार गठन भएको एक सय दिनको पूर्व सन्ध्यामा यस क्षेत्रका उद्योगी ,व्यापारीहरुसँग आयोजित अन्तरक्रियामा उहाँले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीहरुलाई यस क्षेत्रमा लगानीको वातावरण रहेको अनुभूति गराउने जानकारी दिनु भयो । […]