मुलुकमा अस्थिरताको कारक समानुपातिक मिश्रित निर्वाचन प्रणाली : केसी

विराटनगर २४ वैशाख । मुलुकमा अस्थिरताको कारक नै संविधानमा राखिएको समानुपातिक मिश्रित निर्वाचन प्रणाली रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएकाछन् । सोमबार विराटनगरमा नेपाल प्रेस यूनियन मोरंगद्धारा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले समानुपातिकलाई जुन उद्धेश्यमा राखिएको थियो त्यो पूरा हुन नसकेको बताए । पत्रकार सम्मेलनका क्रममा हालको केन्द्रीय गठबन्धन सरकारको अवधि अत्याधिकमा मंसिरसम्म […]

विराटनगर महानगरद्वारा माछा–मासु पसलको अनुगमन

विराटनगर २३ वैशाख । विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । शाखा प्रमुख यादवको नेतृत्वमा रोडशेष दक्षिणको […]

वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित

काठमाण्डौं २२ वैशाख । अनिलकुमार साह र आशिफ शेख लयमा फर्किएसँगै वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । योसँगै नेपालले सान्त्वना जितसहित ५ खेलको टी–२० शृंखला वेस्ट इन्डिजलाई ३–२ ले सुम्पिएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी […]

राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिल्नु पर्छ : भीम पराजुली

विराटनगर, २२ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस विराटनगर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले यस्तो बताउनु भएको हो । विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले […]

विपन्न र असहाय बिरामीका लागि १० प्रतिशत बेड छुट्याउन विराटनगर महानगरको निर्देशन

विराटनगर २१ बैशाख । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । विराटनगर महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्थ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कुल बेडको १० प्रतिशत अनिवार्य छुट्याउन निर्देशन दिएको छ । प्रमुख नागेश कोइरालाले नेपाल सरकारले तोकेको सुविधा […]