यू– १९ राष्ट्रिय क्रिकेट : लुम्विनी र गण्डकी प्रदेश विजयी

विराटनगर १४ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र गण्डकी प्रदेश विजयी भएका छन् ।  प्रतियोगिता अन्तर्गत बुधबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा लुम्विनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सवै विकेट गुमाई ९९ रनको झिनो योगफल बनायो । कर्णालीका अरविन्द घर्तीले २० रन बनाउँनु भुपेन्द्र शाहीले १९ रनको योगदान दिए । लुम्विनीका सन्तोष यादवले सर्वाधिक ६ विकेट विकेट लिए । उनले १० ओभरमा ३ मेडन ओभर गर्दै १९ रन मात्र दिए । यादव खेलको प्लेयर अफ म्याच घोषित भए ।

१ सय रनको झिनो लक्ष्य पाएको लुम्विनीले २६ दशमलव ४ बलमा ४ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । लुम्विनीका दर्ष सोनारले २० रन बनाउँदा समिचर असिसलले पनि नटआउट २० रन जोडे । कर्णालीका यूनिष ठकुरीले २ विकेट लिँदा अनुज चनराले पनि २ विकेट दिए । लुम्विनीले ३ खेलमा ३ मा जित हात पार्दै शिर्ष स्थानमा उक्लिएको छ भने कर्णालीले खेलेको २ खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा गण्डकीले घरेलु टोली कोशी प्रदेशलाई १ सय १४ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गु्माई २ सय ८ रन बनायो । गण्डकीका सिब्रिन श्रेष्ठले ५३ रन बनाउँ अर्जुन कुमालले ४६ रन बनाए । कोशीका रोशन साहले ४ विकेट लिँदा विपिन महतोले ३ विकेट लिए ।
२ सय ९ रनको विजयी लक्ष्य पाएको कोशीले ३३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनाउन सक्यो । कोशीका सोनू अन्सारी सर्वाधिक ३४ रन बनाए । गण्डकीका अर्जुन कुमालले ४ विकेट लिँदा अपराजित पौडेलले ३ विकेट लिए । प्लेयर अफ द म्याच गण्डकीका सिब्रिन श्रेष्ठ भए । गण्डकीले खेलेको ३ खेल २ खेल जित्दै ४ अंकका साथ दोस्रो स्थान उक्लिएको छ भने कोशीले खेलेको ३ खेलमा जित विहिन हुँदै छैठौ स्थानमा रहेको छ ।

विहिबारको खेल खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा गण्डकी र सूदुरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा वागमती र लुम्विनी प्रदेशबीच खेल हुनेछ ।