नेपालमा बाँझोपन संवन्धी समस्या बढ्दो

विराटनगर २९ बैशाख । नेपालमा बाँझोपन संवन्धी समस्या बढ्दै गएको पाईएको छ । नेपालमा बाँझोपन संवन्धी एकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रुपमा रहेको सरोकारवालाहरुको भनाई छ । चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलंक ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दै गएको पाईएको हो । यौन तथा […]

सन् २०२५ भित्रमा कोशी प्रदेशलाई बालविवाह मुक्त गर्ने लक्ष्य पुरा नहुने

विराटनगर २९ बैशाख । कोशी प्रदेश सरकारले सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश बनाउने लक्ष्य पुरा नहुने देखिएको छ । नेपाल सरकारले सन् २०३० भित्रमा बालविवाह मुक्त गर्ने लक्ष्य लिएपनि तत्कालिन प्रदेश सरकारले सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश बनाउनका लागि सन् २०२० बाट अभियान समेत शुरु गरिसकेको थियो । कोशी प्रदेशमा सरकारको स्थायीत्व नहुँदा […]

प्रदेश संरचनाप्रति जनताको विश्वास उठाउने गरी सरकारले काम गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर २८ बैशाख । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासको लागि सबैदलहरुलाई साथमा लिएर हिड्ने बताउनु भएको छ । मुख्यमन्त्री पदको शपथ ग्रहण पछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकोले सबैदलसँग सहकार्य गरि आगाडि वढ्ने र यसका लागि प्रयास जारी रहने प्रष्ट पार्नु भयो । […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता कार्की नियुक्त

विराटनगर २७ वैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त हुनु भएको छ । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त हुनु भएको  हो । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि बुधबार आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नु भउको […]

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्कीको दावी पेश

विराटनगर २७ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि बुधबार राती आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्नु भएको हो । […]