विराटनगर ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाउनु भएको छ । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रह्यो । संसदमा आइतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, […]
विराटनगर ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा असार ३० मा प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा […]
विराटनगर ६ साउन । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन […]
विराटनगर ५ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको बताउनु भएको छ । मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको बताउदै अस्थिरताका कारण मुलुकलाई […]
विराटनगर ४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्योग व्यापार व्यवसायको क्षेत्रमा देखिएको मन्दि र निराशालाई चिरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ। शुक्रबार विराटनगरमा माहेश्वरी महिला मञ्चले आयोजना गरेको श्रावण मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकार अव नयाँ परिस्थिति अनुसार अगाडि बढेकाले निराशा र मन्दिलाई कम गर्ने बताउनुभयो । उहाँले संघ र प्रदेशमा […]