विराटनगर, १७ जेठ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना गरेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित श्रमाधान रोजगार मेला कार्यक्रममासो कुरा बताउनुभएको हो । विदेश पठाउने मन्त्रालयको रुपमा चिनिने यो मन्त्रालय भाष्यलाई अन्त्य गर्नु आवश्यक रहेको भन्दै मन्त्री अर्यालले रोजगारदाता र रोजगारीमा लाग्ने युवाहरुको बीचको […]
विराटनगर, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल वर्तमान सत्तासमिकरण भित्र रहनु भएको बताउनु भएको छ । प्रधानमन्त्री दाहाल आज विहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एसका अध्यक्ष नेपालसंग आज विहान कुराकानीमा समिकरण भित्र रहेको प्रष्ट पार्नु भयो । उहाँले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग माधव नेपालको कुराकानी र […]
विराटनगर १७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्व. राधेश्याम दली वाम आन्दोलनका अग्रज योद्धा हुनु भएको बताउनु भएको छ । नेकपा एमाले मोरङ कमिटी र पुष्पलाल स्मारक समिति विराटनगरद्वारा संयुक्त रुपमा बुधबार साँझ विराटनगरमा आयोजित ‘नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा राधेश्याम दलीको स्मृतिमा प्रकाशित पुस्तकको लोकापर्ण समारोहमा उहाँले स्व.दली मुलुकमा एकतन्त्रीय शासन […]
चीना थापा विराटनगर- विराटनगर महानगरपालिकाले चालु आर्थिक बर्ष २०८०-८१ मा ४ अर्ब ४७ करोड आठ लाख ४९ हजार आय व्ययसहितको बजेट ल्यायो । यो विवरण सार्वजनिक गर्दासम्म विराटनगर महानगरपालिकाको बजेट घाटा एक अर्ब बढी थियो । आन्तरिक ऋण लिने उद्देश्यले ठूलो आकारमा ल्याईएको बजेटको असर अहिलेसम्म परिरहेको छ । आर्थिक बर्ष २०७९-८० को निर्माणको मात्र […]
विराटनगर १५ जेठ । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१–८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ […]