विराटनगर २७ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी ०८४ को निर्वाचन अघि नै संविधान संशोधन हुने बताउनु भएको छ । उहाँले संविधानको स्विकार्यतालाई अझ वृद्धि गर्नका लागि प्रमुख प्रतिपक्ष सहित अन्य दललाई साथमा लिई आगाडि वढ्ने बताउनु भयो ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संविधानका सवल र दुर्वल पक्षको समीक्षा गर्दै र त्यसका आधारमा संवैधानिक कानून र संरचनागत सुधार गर्ने उद्देशयका साथ वर्तमान गठबन्धन सरकार निर्माण गरेको बताउनुभयो ।
महासचिव पोखरेलले राष्ट्रिय उद्देश्यको वातावरण तयार गर्न दुई दल वीचको संयन्त्र केन्द्र देखि स्थानीय तहसम्म निर्माण गरी यसले संविधान संशोधनमा अन्य दलहरुसँग सहकार्य गर्ने बताउनु भयो ।
महासचिव पाखरेलले नेपालको लोकतन्त्रमा साना दलले ठूलादल माथि शासन गर्ने परिपार्टीका अन्त्य गर्नका लागि निर्वाचनको माध्यमबाट गरिने संविधान,कानुन सुधारका विषयलाई अगाडि वढाएको बताउनु भयो ।