विराटनगरमा छठ ( तस्वीरहरु सहित)

विराटनगर २२ कात्तिक । छठ पूजाको मुख्य दिन आज अस्ताउँदै सूर्यलाई अघ्र्य दिइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ मनाउने प्रचलन छ । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठको समापन हुन्छ । छठमा चोखो नितो भएर व्रत बस्नुपर्छ भन्ने मान्यता छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ ।

छठका लागि विराटनगरका खोला, नहरहरु आज शृङ्गारेर चिटिक्क पारिएको छ । पूजास्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फूल, विभिन्न रंगका अबिरसहित झिलिमिली बत्ती लगाएर सजाइएको छ ।