कोशीमा नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर २७ वैशाख । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गर्नु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले तीन दिनको समय दिएर मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु भएको हो । […]

सहकारी संघ संस्थाको शान्ति सुरक्षाको माग गदैै सहकारी संघद्धारा मोरङका प्रजिअलाई ज्ञापनपत्र

विराटनगर ,बैशाख २६ । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु बढेकोले उक्त कार्य नियन्त्रण गर्न र दोषी पत्ता लगाई कार्वाहीको माग राख्दै जिल्ला सहकारी संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका जिल्ला अध्यक्ष डा.डिल्ली पोखरेल नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई […]

कोरोना बीमा भुक्तानीको आदेश कार्यन्वयन गर्न अजोड इन्स्योरेन्सलाई उच्च अदालतको पत्र

विराटनगर २६ वैशाख । कोरोना बीमा वापतको रकम भुक्तानी दिन गरेको फैसला कार्यन्वयन गर्न अटेर गर्ने अजोड इन्स्योरेन्सलाई उच्च अदालतले पुनः पत्राचार गरेको छ । आज नेपाल पत्रकार महासंघका सचिव नेत्र पी अधिकारीसहितको टोलीले उच्च अदालत विराटनगरमा पुगेर आदेश कार्यन्वयनको माग गर्दै निवेदन दिएका थिए । उच्च अदालत विराटनगरबाट २०७९ जेठ १६ मा कोरोना बीमा […]

कोशी प्रदेशका पाँच अग्रज पत्रकारहरु पुरस्कृत

विराटनगर २४ वैशाख । कोशी प्रदेश सरकारले पत्रकारिता दिवसको अवसरमा आज पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित पत्रकारिता दिवस तथा पत्रकार सम्मान कार्यक्रममा अनवरत रुपमा २५ वर्ष भन्दा वढी पत्रकारिता गरेका विभिन्न जिल्लाका पाँच जना सञ्चारकर्मीहरुलाई नगद एक लाख सहित सम्मान एवं पुरस्कृत गरिएको छ […]

विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरणको प्रक्रिया सुरु

विराटनगर २४ चैत । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाले साकार रुप लिने भएको छ । विभिन्न बैंकले प्रतिबद्धता जनाएअनुसारको रकम जम्मा गर्न थालेसँगै परियोजना कार्यान्वयन प्रक्रियासमेत सुरु भएको छ । महानगरले बैंक तथा वित्तीय संस्थाको सहयोगमा सडकको सौन्दर्यकरण प्रक्रिया सुरु गरेको हो । सडक सौन्दर्यकरणका लागि आवश्यक […]