विराटनगर १४ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले एमाले र कांग्रेस मिलेर मात्रै संविधान संशोधन गर्न सकिने बताउनु भएको छ ।
आज विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले लोकतन्त्रको संस्थागत विकास, देशको विकास र संवृद्धिका लागि एमाले काङ्ग्रेस बिचमा गठबन्धन भएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘संविधान सहमतिको दस्ताबेज भएकाले सहमतिका आधारमा संविधान संशोधन गर्न एमाले र कांग्रेसबीचमा गठबन्धन भएको हो ।’
बरालले संविधानका सबल पक्षलाई अगाडी बढाउनु पर्ने र कमजोर पक्षलाई संशोधन गर्नु पर्ने बताउनुभयो । संविधानमा भएका कमजोर पक्षलाई संशोधन गरेर जाने विषयलाई प्राथमिकतामा राखेर काम भाइ रहेको बताउनुभयो । सरकारले सत्तामा रहेकालाई संरक्षण गर्ने र सत्ता भन्दा बाहिर रहेकालाई थुन छेक गर्ने नीति नलिएको बताउनुभयो । उहाँले सञ्चार जगतले नेपाली राजनीतिलाई बाटो देखाउने काम गरेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रले बाटो बिराउनेलाई औँला उठाएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार बाबुराम भण्डारीलाई यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि १५ हजार ५ सय रुपैयाँ रहेको छ ।