एमाले पोलिटब्युरो बैठक स्थगित

विराटनगर २ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि विहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ । आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राख्नु भएको छ । बैठकमा […]

नेकपा एमालेको पोलिटब्युरो बैठक जारी

विराटनगर २ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा एमालेको पोलिटब्युरो बैठक सुरु भएको हो । बिहीबार बसेको सचिवालय बैठकमा विधानले व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि […]

२० दिनभित्र शिक्षा ऐन जारी गर्न महासंघको अल्टिमेटम

विराटनगर २ साउन । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो । ‘संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा […]

कोशी प्रदेशका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना

विराटनगर १ साउन । कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले आजबाट पूर्वाधार कार्यालयहरू सुरु गरेको हो । सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय उद्घाटन गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले कार्यालय उद्घाटन गर्दै […]

जिल्ला अदालत मोरङले लक्ष्यको तुलनामा १०३ प्रतिशत मुद्दा फछर्याैट

विराटनगर १ साउन । जिल्ला अदालत मोरङले गत वर्ष लक्ष्यको तुलनामा १०३ दशमलव ४१ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । अदालतद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बार्षिक नयाँ दर्ता अनुमान छ हजार ८२० र जिम्मेवारी सरी आएको तीन हजार ७९५ गरी अनुमानित वार्षिक लगत १० हजार ६१५ रहेकोमा मुद्दा फछयौट लक्ष्य छ हजार ९०० रहेकोमा […]